लाङटाङमा ४ जना बेपत्ता, रौतहटमा चट्याङले २ को मृत्यु
हिजोदेखि परेको अविरल वर्षाका कारण मानवीय क्षति भएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले भक्तपुरका चार जनालाई बगाएको छ । भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये चार जनालाई खोल्साले बगाएको प्रहरीले जनाएको छ ।
भक्तपुरको ठिमी नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता भएका हुन् ।
उता रौतहटको कटहरिया नगरपालिका–२ मा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ । साँझ हथियायीका १६ वर्षका सेहराज लहरी र नवीन यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
टिप्पणीहरू