प्रतिनिधिसभा विघटनविरुद्धको रिट दर्ता, १२ गते पेसी
विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ । संसद पुनःस्थापनाको माग गर्दै आइतबार पेश भएको रिट आज दर्ता भएको छ ।
रिटमाथि सुनुवाईको लागि आगामी कात्तिक १२ गते पेसी समेत तोकिएको छ । असंवैधानिक तवरले सरकार गठन र संसद विघटन भएको दावी गर्दै कानुनका विद्यार्थी विपना शर्मा र आयुष बडालसहित विभिन्न अधिवक्ताहरुले आधा दर्जन रिट पेश गरेका थिए ।
त्यसमध्ये १० वटा दर्ता भएको र अन्य रिटमाथि अध्ययन भैरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
टिप्पणीहरू