लक्ष्मीपूजाको भोलिपल्टदेखि धमाधम लाइन काट्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गरे पनि प्रिमियम महसुल नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्न थालेको छ।
आज बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको छ ।
ती उद्योगले तिर्न बाँकी रकममा जगदम्बा स्टीलको १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्स ७५ करोड ३७ लाख, शिवम् सिमेन्ट ७७ करोड ८८ लाख, घोराही सिमेन्ट ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्स ३२ करोड १० लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।
यो बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत तिर्नुपर्ने थप महशुल हो।
यता प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूले बक्यौता रकम बुझाउन सक्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार किस्ताबन्दी सुविधा लिएर पहिलो किस्ता तिरेपछि जुनसुकै समयमा पनि काटिएको लाइन पुनःजोडिने व्यवस्था छ ।
यी सबैको कुल बक्यौता रकम ४ अर्ब २९ करोड रुपैयाँ हुनआउँछ ।
टिप्पणीहरू