बिचौलिया र भ्रष्टाचारीविरुद्ध ठुल्ठूला ब्यानर
दर्जनौं भ्रष्टाचार काण्ड,राजस्व छलीलगायत काण्डमा मुछिएका कर्मचारी तथा व्यवसायीको माइतीघर मण्डलामा तस्बिरसहित व्यङ्ग्यात्मक ब्यानर राख्न थालिएको छ ।
अनेकौं आर्थिक अनियमिततामा जोडिएका तर सत्ता र पहुँचका आडमा जोगिँदै आएकामध्ये नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र बिचौलियाका रुपमा परिचित विवादास्पद व्यवसायी दिपक भट्टमाथि कारबाहीको माग गर्दै माइतीघरमा ब्यानर टाँगिएको हो ।
अधिकारीको तस्बिर भएको ब्यानरमा लेखिएको छ,‘म प्रदीप अधिकारी,नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक । भैरहवा,पोखरालगायत एयरपोर्टको निर्माणमा आर्थिक अनियमितता गरी करिब १२ अर्ब भ्रष्टाचार गरी देशलाई घात गर्दा पनि पुरानो सत्ताले कारबाही गर्न सकेन,अब मलाई कसले के गर्ने ? ’
त्यस्तै,भट्टको तस्बिर भएको ब्यानरमा भनिएको छ, ‘म दिपक भट्ट,राजनीतिक बिचौलिया राजनीतिक पार्टीका नेताहरुलाई गोजीमा हाली सरकारी सम्पत्तिको भ्रष्टाचार गरी जनतालाई कंगाल बनाउने दलाल हुँ ।’
टिप्पणीहरू