सरकार लाइन काट्ने, पूर्व प्रधानन्यायाधीश साहुहरुसँग बस्ने

सरकार लाइन काट्ने, पूर्व प्रधानन्यायाधीश साहुहरुसँग बस्ने

नेपाल विद्युत प्राधिकरणको बक्यौता नतिर्ने २८ उद्योग तथा कारखानामा काटिएको लाइन जोडिदिनुपर्ने भन्दै सर्वोच्च अदालतका भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पहल थालेका छन् ।

ती भूतपूर्व प्रधानन्यायाधीशको उपस्थितिमा हिजो आधा दर्जन व्यापारी,जेन जी प्रतिनिधि भनिएकाहरु, राष्ट्र बैंक सञ्चालक समिति सदस्यको छलफलले लाइन जोड्नुपर्ने निश्कर्ष निकालेको बताइन्छ ।

भदौ २३ र २४ गतेपछि आर्थिक अवस्थाको नाममा छलफल राखिए पनि चुरो कुरो काटिएको बिजुली कसरी जोड्ने भन्ने रहेको सहभागी एक जनाले बताए । ‘हाल चर्चामा रहनुभएका भूतपूर्व प्रधानन्यायाधीश आएर छलफल भएको हो । लाइन काटिएका अधिकांश उद्योगका मारवाडीहरुलाई बोलाइएको थियो । उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका एक एक जना प्रतिनिधिसहित जेन जी भनिएकाहरु पनि आएका थिए  ।’ 

महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठ, पवन गोल्यान, पशुपति मुरारका, पञ्चकन्या ग्रुपका उज्वलकुमार श्रेष्ठ, चेम्बरबाट नेपा टपका दिपक श्रेष्ठ छलफलमा पुगेका थिए ।

प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेको नाममा विद्युत लाइन काटिनुलाई गलत निश्कर्ष निकालिएको छ । बैठकले लाइन जोड्न लगाउन सामूहिक पहल गर्ने भएको छ ।

टिप्पणीहरू