सेनाका सात जनालाई बढुवाको फूली
प्रधानसेनापति अशोकराज सिग्देलले सात जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
आज जंगीअड्डामा आयोजित एक समारोहमा उनले हालै उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सोही अवसरमा महासेनानीमा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतलगायतको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू