सोल्टी होटलमा क्रिसमस बजार

सोल्टी होटलमा क्रिसमस बजार

काठमाडौंको सोल्टी होटलमा एक्टिभ उमन अफ नेपालद्वारा आयोजित वार्षिक क्रिसमस बजार सम्पन्न भएको छ । चार दशकदेखि हुँदै आएको यो बजारमा यस वर्ष उल्लेख्य सहभागिता भएको बताइएको छ । 

बजारको उद्घाटन नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसन र उनकी धर्मपत्नी जेन क्रिल थम्पसनले संयुक्त रूपमा हिजो बिहान उद्घाटन गरेका हुन् । एक सयभन्दा बढी स्टलमा स्टार्टअप उत्पादन, अर्गानिक सामग्री, हस्तकला, फेसन, घर सजावट र चाडपर्वका सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा खानाका स्टल र बालमैत्री गतिविधि पनि राखिएको थियो । आयोजकले संकलित रकम महिला सशक्तिकरण, सामाजिक सेवा र सामुदायिक सहयोगका परियोजनामा प्रयोग गरिने बताएको छ । एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले सबै सहभागी, स्वयंसेवक र प्रायोजकलाई धन्यवाद दिँदै बजारको सफलतामा खुशी व्यक्त गरेकी छन् ।

टिप्पणीहरू