मनकामनामा सुविधासम्पन्न रिसोर्ट
गोरखाको प्रसिद्ध मनकामना मन्दिरनजिकै सुविधासम्पन्न रिसोर्ट खुल्ने भएको छ । मनकामना हिलक्रेस्ट रिसोर्ट नामक विलासी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो ।
सो रिसोर्टको उद्घाटन अर्को साता रहेको छ । नोभेम्बर २४ मा रिसोर्टको उद्घाटन गरिने जनाइएको छ । मनकामना केबलकारको आरामदायी यात्राबाट रिसोर्टमा पुग्न सकिन्छ ।
उक्त रिसोर्टबाट सुन्दर र शान्त दृश्यको अवलोकन गर्न सकिने जनाइएको छ ।
टिप्पणीहरू