अमेरिकी राजदूत पोखरा पुगेर  बाक्लो भेटघाटमा

अमेरिकी राजदूत पोखरा पुगेर  बाक्लो भेटघाटमा

गण्डकी प्रदेश भ्रमणमा रहेका अमेरिकी राजदूत डिन आर थम्पसन पोखराको भेटघाटमा सहभागी भएका छन् । विभिन्न स्वास्थ्य संस्थाका अधिकारी, फ्रन्टलाइन स्वास्थ्यकर्मी र सेवाग्राहीसँग भेटघाटमा व्यस्त रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने तयारी गरेको र त्यसमा अमेरिकी सहयोग तथा साझेदारीबाट भइरहेका प्रगतिबारे प्रत्यक्ष जानकारी लिन राजदूत उता गएको बताइएको छ ।

अमेरिका नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन निरन्तर प्रतिबद्ध रहेको राजदूत थम्पसनको दाबी छ । उनले भने, ‘नेपालको बलियो स्वास्थ्य प्रणाली अमेरिकाको स्वास्थ्य सुरक्षाकै लागि पनि महत्वपूर्ण’ छ ।
 

टिप्पणीहरू