पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले शुरुमा ब्याटिङ गर्ने भएको छ ।
कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरा एभेन्जर्समाथि पहिलो जित निकाल्नुपर्ने दबाब छ । पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको पोखरा अंक जोड्न सकेको छैन ।
दिपेन्द्र सिंह एरीको कप्तानीमा रहेको सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्ने दाउमा छ । उसले पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।
टिप्पणीहरू