टस हारेर ब्याटिङमा उत्रियो सुदूरपश्चिम रोयल्स
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर कर्णाली याक्सले फिल्डिङ रोजेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो ।
सोमपाल कामीको कप्तानी रहेको कर्णालीले यसअघि दुई खेल खेलेकोमा एक खेल हारेको थियो । दिपेन्द्र ऐरीले कप्तानी सम्हालेको सुदूरपश्चिमले भने यसअघिका दुवै खेल जितेको छ ।
टिप्पणीहरू