चित्त बुझेन भन्दैमा गायिकालाई पेल्ने ?
कुनै पनि व्यक्तिलाई कसैको चरित्रहत्या गर्ने अधिकार छैन । तर,पछिल्लो समय कसैसँग चित्त नबुझेमा वा असन्तुष्टि पोख्ने नाममा सामाजिक सञ्जालमा जथाभावी लेख्न र व्यक्तिको इज्जतमाथि प्रहार गर्न थालिएको छ ।
गायिका ज्योति मगरले जेनजी लिडर दाबी गर्ने ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुधन गुरुङ्गको आलोचना गरेकी थिइन् । गुरुङ्गमाथि नैतिक प्रश्न उठाएकी थिइन् । त्यसको विरोधमा चर्चित टिकटकर फिटमिनले आपत्तिजनक शब्द प्रयोग गर्दै उनको चरित्रहत्या गरेका छन् ।
‘शरीर बेचेर’ लगायतका तल्लोस्तरको घृणित शब्द प्रयोग गर्दै उनले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखेका छन् । ‘जुन महिला आफू नाङ्गिएर,अंग प्रदर्शन गरेर,शरीर बेचेर,दुनियाँको ओछ्यान बनेर हिँड्छिन्,ती आइमाईले यस्तो दार्शनिक कुरा गर्दा लाज लाग्यो’,उनले भनेका छन् ।
कुनै प्रमाणबिना एउटी महिलामाथि गम्भीर आक्षेप लगाएका उनको चर्को विरोध शुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता विश्व पौडेलले उनले सबै महिलाको चरित्रहत्या गरेको आरोप लगाएका छन् । भनेका छन्,‘यिनले ज्योति मगरलाई मात्र हैन, सम्पूर्ण महिलाको अपमान गरेका छन् । कलाकारले कला देखाउँदा नाङ्गिएको, ओछ्यान बनेको भन्नेजस्ता तथ्यहीन कुराले सिंगो महिला जगतको शिर निहुँरेको छ ।’
भिम बस्नेतले देश जलाउने सुधनसँग ज्योतिको तुलना गर्न नमिल्ने बताएका छन् । लेख्छन्,‘देश जलाउने देशद्रोही अपराधी सुधनसँगै ज्योति मगर जसले कसैलाई हानि नोक्सानी नगरेकी कलाकारको तुलना हुँदैन ।’
टिप्पणीहरू