चक्रे मिलन र ऐन महर एमालेबाट माननीय बन्ने
यौन काण्डमा मुछिएका नेकपा (एमाले)का नेता ऐन महर आगामी प्रतिनिधि सभा निर्वाचनका निम्ति बझाङबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । हिजो बसेको जिल्ला कमिटी बैठकले उनीसहित मोहनराज जैशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो ।
थलारा गाउँपालिकामा राती अबेरसम्म चलेको बैठकले निर्वाचन प्रक्रियामार्फत उम्मेदवार सिफारिस गरेको बताइएको छ । तर,महरको नामप्रति भने जिल्ला कमिटीका केही नेता असन्तुष्ट देखिएका छन् ।
केन्द्रीय सदस्य आशा बिकले सामाजिक सञ्जालबाटै महर उम्मेदवार सिफारिस भएको देख्दा आफैँलाई लाज लागेको बताएकी छन् । उनले भनेकी छन्, ‘पुसको जाडोमा रातारात चुनाव यति आवश्यक थिएन, डर पनि कति मानेको हो,कुन्नि !’
उनले भनेकी छन्, ‘पुसको जाडोमा रातारात चुनाव यति आवश्यक थिएन, डर पनि कति मानेको हो,कुन्नि !’
एमाले केन्द्रीय सदस्य महर पार्टीकै एक युवतीसँगको सम्बन्धलाई लिएर विवादमा छन् । ती युवतीले उनीविरुद्ध पार्टी केन्द्रीय कार्यालय र प्रहरीमा उजुरी हालेकी थिइन् । यो प्रकरणमा गत पुस ७ गते एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।
उता ‘चक्रे मिलन’ नामले परिचित गुण्डा नाइके मिलन गुरुङ गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् । आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका उनलाई एमालेले उम्मेदवार बनाउन लागेको हो ।

टिप्पणीहरू