देउवा निवास पुगे काँग्रेस नेताहरू
नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्र विशेष महाधिवेशन गर्ने अडानसहित तयारी थालेपछि संस्थापन पक्षका नेताहरु छलफलमा जुटेका छन् । उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, रमेश लेखकलगायतका नेताहरु अहिल सभापति शेरबहादुर देउवाको निवासमा छलफल गरिरहेका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ०८३ को वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी बहुमतले कार्यतालिका पारित भएको थियो । त्यतिबेला फरक मत राखेका महामन्त्री द्वय थापा र शर्मा भने पुषभित्र विशेष महाधिवेशन गर्ने पक्षमा छन् । पार्टीको विधानअनुसार उनीहरुले ५४ प्रतिशत महाधिवेशन आयोजक समितिका सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । संकलित हस्ताक्षरलाई आधार बनाएर विशेष महाधिवेशन गर्ने थापा-शर्मा पक्षको तयारी छ ।
पार्टी विधानले बहुमत सदस्यहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गर्न सकिने भनेकाे छ । सोही अधिकार प्रयोग गरेर उनीहरु पुषभित्रै विशेष महाधिवेशन गर्ने रणनीतिमा छन् । महामन्त्री द्वय थापा र शर्माले अहिले कानुनी परामर्श गरिरहेको बताइन्छ ।
टिप्पणीहरू