चिनियाँ राष्ट्राध्यक्षद्वारा प्रस्तुत चौथो विश्वव्यापी पहलको सान्दर्भिकता बढ्दै

चिनियाँ राष्ट्राध्यक्ष सि चिनफिङले गत वर्ष सन् २०२५ मा प्रस्ताव गर्नुभएको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई) ले विश्वबाट नयाँ र महत्वपूर्ण सार्वजनिक हितका रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसले सन् २०२५ विश्व शासन व्यवस्थाका लागि निर्णायक वर्षका रूपमा उदाएको अर्थ लगाउन सकिन्छ । 

गत वर्षको अगष्ट अन्तिम र सेप्टेम्बर शुरुमा उत्तरी चीनको बन्दरगाह सहर थिएन्चिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा राष्ट्रपति सिले सिजिआइ प्रस्ताव गर्नुभएको थियो । संगठनको २४ वर्षको इतिहासमा आयोजित सबैभन्दा ठूलो उक्त सम्मेलनमा २० भन्दा बढी देशका नेता तथा १० अन्तर्राष्ट्रिय संस्थाका प्रमुख सहभागी थिए । 

सन् २०२५ सेप्टेम्बर १ मा राष्ट्रपति सिले ‘शाङ्घाई सहयोग संगठन (एससिओ)  प्लस’ बैठकको अध्यक्षता गर्दै ‘विश्व शासन सुधारका लागि शाङ्घाई सहयोग संगठनको सामूहिक शक्ति प्रयोग’ शीर्षकमा सारगर्भित सम्बोधन गर्नुभएको थियो । उहाँले सन् २०२५ दोस्रो विश्वयुद्ध (फासिवादविरुद्धको विश्वव्यापी युद्ध) को विजय तथा संयुक्त राष्ट्रसंघ स्थापनाको ८० औँ वर्षगाँठ भएको उल्लेख गर्दै उक्त विगतलाई सम्झने र संयुक्त रूपमा राम्रो भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर भएको सन्दर्भ उल्लेख गर्नुभयो ।

राष्ट्रपति सिले विश्व नयाँ अशान्ति र परिवर्तनको चरणमा प्रवेश गरेको र विश्व शासन व्यवस्था निर्णायक मोडमा पुगेको बताउँदै भन्नुभयो, ‘म ग्लोबल गभर्नेन्स इनिसिएटिभ प्रस्ताव गर्न चाहन्छु। सबै मुलुकसँग मिलेर अझ न्यायपूर्ण र समावेशी विश्व शासन प्रणाली निर्माण गर्दै मानव जातिको साझा भविष्यको समुदायतर्फ अघि बढ्न चाहन्छु।’

जिजिआईका पाँच मूल सिद्धान्तहरू प्रस्तुत गर्दै राष्ट्रपति सिले सार्वभौम समानताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना, बहुपक्षीयताको अभ्यास, जनमुखी दृष्टिकोणको अवलम्बन तथा व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो । यी सिद्धान्तले युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई जोगाउँदै विश्व शासन प्रणाली सुधार गर्ने स्पष्ट मार्ग देखाउने उनको निचोड छ ।

बैठकमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासन्कोले जिजिआईको स्वागत गर्दै राखेको धारणामा भनिएको छ, ‘राष्ट्रपति सि चिनफिङ, तपाईंले प्रस्ताव गर्नुभएको चौथो विश्वव्यापी पहल अत्यन्त महत्वपूर्ण र समयसापेक्ष छ, जसमा आजको विश्वलाई अत्यन्त आवश्यक सिद्धान्तहरू समेटिएका छन्।’

जिजिआई राष्ट्रपति सिले अघि सारेका चौथो प्रमुख विश्वव्यापी पहल हो। यसअघि उहाँले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ प्रस्ताव गरिसक्नुभएको छ । राष्ट्रपति सिले जिजिआई चिनियाँ परम्परागत दर्शनबाट प्रेरित भएको जानकारी दिनुभयो । 

भन्नुभयो, ‘एक प्राचीन चिनियाँ दार्शनिकले ‘महान सिद्धान्तलाई आत्मसात् गर, संसार आफैँ पछ्याउँछ’ भन्नुभएकाले हामी सबै पक्षसँग मिलेर विश्व शासन सुधार र मानव जातिको साझा भविष्यको समुदाय निर्माणमार्फत् सम्पूर्ण मानवताका लागि थप लाभ पुर्याउन तयार छौँ।’

सन् २०२५ मा राष्ट्रपति सिले ग्लोबल साउथका देशहरूबीच एकता र सहकार्यको पक्षमा सक्रिय रूपमा आवाज उठाउँदै न्यायपूर्ण र समावेशी वैश्विक शासन प्रणाली निर्माणमा जोड दिनुभएको  थियो । सन् २०२५ मा पेरिस सम्झौताको १० औँ वर्षगाँठसमेत थियो । जसअन्तर्गत मुलुकहरूले नयाँ राष्ट्रिय निर्धारित योगदान –एनडिसिएस) पेश गर्ने महत्वपूर्ण समय थियो। योसँगै विश्व जलवायु शासन निर्णायक चरणमा प्रवेश गरेको छ ।

सेप्टेम्बर २४, २०२५ मा राष्ट्रपति सिले संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन २०२५ लाई दिनुभएको भिडियो सन्देशमा चीनको सन् २०३५ का लागि राष्ट्रिय निर्धारित योगदान घोषणा गर्नुभयो । जसमा चीनको जलवायु परिवर्तनले पार्ने प्रभाव न्यूनीकरणका लागि गरिने प्रतिकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले २०२५ अगस्ट ३१ मा थिएन्चिनमा दिनुभएको अन्तर्वार्तामा राष्ट्रपति सिको दीर्घकालीन रणनीतिक दृष्टिकोणको प्रशंसा गर्नुभएको थियो । उहाँको भनाइ छ, ‘राष्ट्रपति सि चिनफिङ दीर्घकालीन सोच र स्पष्ट लक्ष्य तय गर्न सक्ने रणनीतिक दृष्टिका नेता हुनुहुन्छ । आजको विश्वमा जहाँ निर्णयहरू छिट्टै बदलिने गरेकाले यस्तो दूरदृष्टि अत्यन्त महत्वपूर्ण विशेषता हो।’

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू