चीनमा तेस्रोपटक, हङकङमा पहिलोपटक

चीनमा तेस्रोपटक, हङकङमा पहिलोपटक

यो वर्ष ९४औँ इन्टरपोल महासभा हङकङमाक आयोजना गर्ने कार्यक्रम छ । विश्वका १९६ सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा मन्त्रीहरूको सहभागिता रहने महासभाले विश्वव्यापी प्रहरी सहकार्यमा हङकङको रणनीतिक महत्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

हङकङ विशेष प्रशासनिक क्षेत्रमा इन्टरपोल महासभा पहिलोपटक आयोजना हुन लागेको हो । चीनमा यो सहित तेस्रोपटक हुन लागेको महासभा यसअघि सन् १९९५ र २०१७ मा बेइजिङमा भएको थियो ।

गत नोभेम्बरमा मोरक्कोमा सम्पन्न ९३औँ इन्टरपोल महासभाको समापन समारोहमा चीनका सार्वजनिक सुरक्षा उपमन्त्री स्यु दातोङले हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रहरी आयुक्त चाउ यात–मिङलाई इन्टरपोलको झण्डा हस्तान्तरण गरेका थिए ।

इन्टरपोल महासभा प्रहरी संगठनहरुको सर्वोच्च अन्तर्राष्ट्रिय निकाय हो । महासभामा सदस्य राष्ट्रका प्रहरी नेतृत्वले विश्व  सुरक्षा चुनौती, अन्तरदेशीय अपराध नियन्त्रण र सहकार्य सुदृढीकरणका विषयमा छलफल गर्ने गर्छन् ।

टिप्पणीहरू