यी हुन् नेकपाका राष्ट्रिय सभा उम्मेदवार
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले पनि उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)सँग तालमेलको प्रयास असफल भएपछि एक्लै चुनाव लड्ने निर्णयमा पुगेको नेकपाले उम्मेदवारको नाम फाइनल गरेको हो ।
जसअनुसार कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेले उम्मेदवारी दर्ता गर्ने छन् । मधेशबाट रामनन्दन यादव, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाललाई उठाउने तय भएको छ । बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमार झा पक्का भएका छन् ।
त्यस्तै, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महरा, सुदूरपश्चिमबाट टिकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाउने नेकपाको निर्णय छ ।
टिप्पणीहरू