यी हुन् एसएसपीमा बढुवा हुन लागेका एसपीहरु

यी हुन् एसएसपीमा बढुवा हुन लागेका एसपीहरु

नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको हिजो बसेको बैठकले जनपद प्रहरी समूहअन्तर्गत रिक्त रहेको एसएसपी पदमा १० एसपीलाई बढुवा सिफारिस गरेको छ ।

जसअनुसार क्रमशः राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहराको बढुवा हुने छ ।

टिप्पणीहरू