माइतीघरमा धर्ना दिँदै जेन जीहरु
‘निर्वाचनको सट्टा पाँच वर्षे स्थीर सरकार जनताको माग, सर्वपक्षीय सरकार अबको निकास’ भन्दै जेन जीहरु काठमाडौंको माइतीघर पुगेका छन् । संयुक्त जेन जी आन्दोलन समितिको नाममा भेला भएका उनीहरुले विरोध प्रदर्शन र धर्ना थालेका हुन् ।
कार्यक्रममा मिराज ढुंगाना, कानुन व्यवसायी युवराज सफल, पूर्व माओवादी लडाकुका बाल सैनिक लेलिन विष्ट, जेन जीहरु सुनिल सिंह, अजय सोडारी, विकेश साहलगायत केही सहकारी पीडितको सहभागिता छ ।
टिप्पणीहरू