भीआइपी भेटमा कोड नम्बर प्रयोग

भीआइपी भेटमा कोड नम्बर प्रयोग

ललिता निवासको घटनालाई प्रहरीको सीआईबीले अझै आफूले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताएको छ । समरजंग कम्पनीले गत वर्ष फागुन १ गते हालेको उजुरीपछि सीआईबीले अनुसन्धान थालेको हो । सँधै त्यो अनुसन्धान सकियो भन्ने गरिन्छ तर निचोड निकालिएको छैन । त्यसो गर्नुको रहस्य अहिलेको अवस्थामा केही शीर्ष नेतृत्वसँग राजनीतिक प्रतिशोध साँध्न सकिन्छ कि भन्ने मात्रै हो भनिन्छ ।

भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गर्नुअघि र पछि अरुको झैँ काँग्रेस उपसभापति बिमलेन्द्र निधिको पनि पछिल्लो राजनीतिक अवस्थाप्रतिको धारणामा परिवर्तन आएको अनुभव गर्न थालिएको छ । निधिको पछिल्लो अन्तर्वार्तामा प्रतिनिधिसभा विघटन कार्य असंवैधानिक भए पनि निर्वाचन अलोकतान्त्रिक हुन नसक्ने भनिएको छ ।

तर,संसद विघटन गरेपछि मात्रै प्रधानमन्त्रीले चुनाव घोषणा गर्नुभएकोतर्फ काँग्रेस नेताहरुको  हेक्कासमेत नभएको देखिन थालेको छ । अहिलेको चुनाव घोषणा संसद विघटनको परिणाम हो । त्यसको अर्थ ‘जर्बजस्ती करणीको परिणामले गर्भमा भ्रुण उत्पन्न भएसरह हो ।’ त्यस्तोमा ‘करणी बेठीक तर,अवैध गर्भचाँहि ठीक’ भनेझैँ काँग्रेसी नेताहरुको धारणाले उनीहरुकै कार्यकर्तालाई अल्मलाइदिएको छ ।

उच्चपदस्थ नेतृत्व र अधिकारीहरुबीचको भेटघाट बाहिर आउन थालेपछि प्रधानन्यायाधीश,राष्ट्रपति र प्रधानमन्त्रीसँग हुने गरेको बाहिरी भेटघाटमा छुट्टै कोड नम्बरको प्रयोग गर्न थालिएको बताइन्छ । जसले जहाँ भेट्न खोजेको हो त्यहाँबाट उपलब्ध हुने नाम र कोडको आधारमा मात्र हिजोआज उच्चस्तरीय भेट हुने गरेको छ । त्यस्तोमा नामसमेत छुट्टै उल्लेख गरिन्छ ।

त्यस्तो कोडको उदाहरण दिँदै सुरक्षा स्रोतले भनेको छ ‘शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नको लागि धेरै पटक गरेको प्रयासलाई शीतल निवासले ‘हुँदैन’ भनिदिएको थियो । सम्मानित संस्थालाई समेत कलंकको टीका लाग्ने भनेपछि प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई साक्षी राख्नुभएको थियो । त्यसपछि बालुवाटारको दुई ठाउँ र शीतल निवासमा को कोबीच र कति चोटी भेट भयो,भन्ने थाहा नहोस् भन्नको लागि विशेष कोड शुरु गरिएको हो ।’

टिप्पणीहरू