मधेशका थप मान्छे तानिए

प्रतिनिनिधिसभामा छँदाखाँदाको झण्डै दुई तिहाई बहुमतलाई छिन्नभिन्न पार्दै विघटन र निर्वाचनको घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहमा मान्छे बटुल्ने नाममा मधेशतिर नजर लगाउन थाल्नुभएको छ ।

यसअघि चर्को हिन्दूवादी अभिव्यक्ति दिँदै र गतिविधि गर्दै आउनुभएका प्रधानमन्त्रीले मधेश र मधेशीको एजेण्डा बताउन थाल्ने क्रममा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा मधेशका अरु दुईजनालाई पार्टी प्रवेश गराउनुभएको हो ।

हिजो जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नम्बर २ बाट पछिल्लो संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण साहलाई स्वागत गर्नुभएको छ ।

त्यसैगरी,धनुषाका काँग्रेस नेता तथा बृहत्तर जनकपुर विकास समितिका कार्यकारी निर्देशक बलराम ठाकुरलाई पनि प्रधानमन्त्री नेतृत्वको नेकपामा प्रवेश गराइएको छ ।

टिप्पणीहरू