दशरथ रंगशालामा ३७ वर्षपछि फर्कियो खुसी

दशरथ रंगशालामा ३७ वर्षपछि फर्कियो खुसी

नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । अहिले दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि हासिल गरेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरेसँगै ३७ वर्षपछि बङ्गलादेशविरुद्ध जीत जुरेको हो ।

यस्तै प्रतियोगितामा बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानका २३ वर्षमुनिको टिम सहभागी थिए ।

टिप्पणीहरू