खेलकुद पत्रकारको हितका खातिर
सक्रिय खेलकुद पत्रकारहरूको क्षमता अभिबृद्धि गर्न नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ ।
मञ्चले खेलकुद पत्रकारलाई तालिम,अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्देश्यका साथ एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ ।
काठमाडौंका मूलधारका सञ्चारमाध्यममा काम गर्ने खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यावसायिक क्षमताको अभिबृद्धि एकेडेमीमार्फत गर्ने परियोजना सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।
कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलको विकाससँगै खेल पत्रकारको दक्षता समेत अभिबृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
टिप्पणीहरू