फेरि ठडियो ऐतिहासिक धरहरा
प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवसको अवसर पारेर भर्खर काठमाडौ मनपा-२२ सुन्धारास्थित ऐतिहासिक धरहराको उदघाटन गरेका छन् ।
०७२ को भूकम्पले ढालेको धरहरा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिफ्टलगायत अत्याधुनिक प्रविधिको प्रयोगसहित बनाएको हो । यसका कतिपय काम भने सकिन बाँकी नै छन् । आजको समुद्घाटन समाराेहको अध्यक्षता प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी पत्नी राधिका शाक्य,उपप्रधानमन्त्री ईश्वर पाेखरेल,एमाले सँसदीय दलका उपनेता सुवास नेवाङ्ग,अर्थमन्त्री विष्णु पाैडेल,पर्यटनमन्त्री भानुभक्त ढकाल,राष्ट्रिय र प्रतिनिधि सभाका सदस्यहरु,पूर्व मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु,सुरक्षा निकायका प्रमुखहरु,पत्रकारलगायत सुरक्षा कर्मीहरुसहित करिब ३५० जनाकाे उपस्थिति थियोे ।
टिप्पणीहरू