कोरोनाले मानवअधिकार आयोग पनि ठप्प

कोरोनाले मानवअधिकार आयोग पनि ठप्प

राष्ट्रिय मानवअधिकार आयोगका पाँच जना कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि पुल्चोकस्थित आयोगको कार्यालय बन्द भएको छ । आयोगका कर्मचारीमा संक्रमण देखिएकाले आजदेखि कार्यालय बन्द भएको आयोग स्रोतले जनाएको छ ।

कर्मचारीमा कोरोना भेटिएपछि अध्यक्षसहित अरु पाँच जना सदस्री बिदामा बसेको बताइएको छ । अहिले आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर प्रमुख हुनुहुन्छ । उहाँसहित सबै सदस्य कार्यालय नआएको आयोगका एक कर्मचारीले बताए ।

यता,आयोगको नेपालगञ्ज कार्यालयमा पनि कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द भएको छ ।

कोरोना संक्रमणले आयोगका कार्यालयहरू धमाधम बन्द हुन थालेपछि मानवअधिकारसँग सम्बन्धित मुद्दा प्रभावित हुने देखिएको छ ।

टिप्पणीहरू