संक्रमणप्रति संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको अपिल

संक्रमणप्रति संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

शुक्रबार अपिल जारी गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनमा संवेदनशील हुन भनेको हो । मन्त्रालयले २० जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको जनाएको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणदर तीब्र गतिमा बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेको उल्लेख गर्दै मन्त्रालयले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालको शैया उपलब्ध गराउन नसकिने अवस्थाको समेत जानकारी गराएको छ ।

टिप्पणीहरू