आज पनि ७ हजार बढिमा संक्रमण, ३७ को निधन

आज पनि ७ हजार बढिमा संक्रमण, ३७ को निधन

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३७ जनाको ज्यान गएको छ ।

उक्त समयमा गरिएको १७ हजार १ सय ७६ जनाको परीक्षणबाट हालसम्मकै उच्च ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१६ हजार ६ सय ५८ जनामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ तथा ५ सय १८ जनामा गरिएको एण्टिजेन परीक्षणमा ६० जनामा संक्रमण पुष्टि भएको हो । आजै २ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

टिप्पणीहरू