कोइला फुटाउने मेशिनमा परेर किशोरको मृत्यु

कोइला फुटाउने मेशिनमा परेर किशोरको मृत्यु

कोइला फुटाउने मेसिनमा परी एक किशोरको मृत्यु भएको छ ।

कञ्चनपरको भिमदत्त नगरपालिका–८ तिलाचौडस्थित जगन्नाथ इँटाभट्टामा काम गर्ने सोही ठाउँकी ३५ वर्षीया जानकी पुजाराको छोरा १३ वर्षीय अर्जुन पुजाराको कोईला फुटाउने मेसिनमा परी बुधबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आमासँग इँटाभट्टामा गएको अवस्थामा इँटाभट्टा नजिकैको खाली जमिनमा रहेको म।१ त ११६७ नम्बरको ट्याक्टरको एक्सल फुलिमा लुगा बेरिएर कोइला फुटाउने मेसिनमा परेपछि उनको मृत्यु भएको थियो ।

घटना पश्चात् मेसिन चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू