आज ९९ को निधन, परीक्षण घटाएपछि संक्रमित पनि घटे

आज ९९ को निधन, परीक्षण घटाएपछि संक्रमित पनि घटे

कोरोना संक्रमणबाट आज ९९ जनाको ज्यान गएको छ भने ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४ सय ७१ पीसीआर तथा ३ हजार २ सय ६२ जनामा एन्टिजेन गरी १३ हजार ७ सय ३३ जनामा परीक्षण गरिएको थियो । आज दुई साताअघिको तुलनामा झण्डै ७ हजार कममा परीक्षण गरिएको हो ।

आज ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ । त्यस्तै, आज पनि मुलुकभर ८९ हजार २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।

आज काठमाण्डौमा ७ सय ३१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा २ सय ५४ गरि उपत्यकामा कुल १ हजार १ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू