चिकित्सक संघले गर्यो करोडौंको स्वास्थ्य सामग्री हस्तान्तरण

चिकित्सक संघले गर्यो करोडौंको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल चिकित्सक संघले देशभरका दुई सय भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । चु ची फाउण्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा उक्त सहयोग प्रदान गरेको हो ।

सहयोगमा विशेषगरी अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायत ३० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संघका महासचिव बद्री रिजालले बताउनुभएको छ ।

हालको महामारीलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर टेलिमेडिसिन सेवा र स्वास्थ्यकर्मीहरुलाई क्रिटिकल केयर सम्बन्धी तालिमलगायतका सेवा दिइरहेको पनि संघले जनाएको छ ।

टिप्पणीहरू