छोरी जन्मियुन् त भगवतीजस्ती
हिन्दू धार्मिक मान्यता र संस्कारलाई चुनौती दिँदै एक छोरीले बाबुको शवलाई काँध थापेर घाटमा लगी दागबत्ती दिएकी छन् ।
उदयपुर कटारी नगरपालिका वार्ड नम्बर ५ बरमझियाका बलबहादुर थापा मगरको आज मृत्यु भएपछि उनलाई काँध हालेर १४ वर्षीया छोरी भगवतीले घाट पुर्याई मृत्यु संस्कार निभाएकी हुन् ।
उनले आफ्ना बेपत्ता दाजुको बदलामा मृतक बाबुलाई दागबत्ती दिने र किरियापुत्री बस्ने कामसमेत गरेकी छन् । यो कामले छोराको रट लगाउने रुढिग्रस्त समाजलाई गतिलो जवाफ मिलेको छ भने छोराछोरीको भेदभावलाई निर्मूल गर्न सहयोगी बनेको छ ।मृतक मगरका एक छोरा र दुई छोरीमध्ये भगवती जेठी हुन् । मृतकका जेठा छोरी ४ / ५ वर्षअघि कामको खोजीमा भारतको कोइलाखात गएपछि फर्केर आएका छैनन् ।
पिताको मृत्युसँगै काजकिरिया बसेकी बालिका भगवतीलाई पारिवारिक दायित्व पनि थपिएको छ । दु:खको कामबाट उतारेर परिवारका अन्य सदस्यको भरणपोषण गर्ने आर्थिक दायित्व उनीमाथि थपिएको छ ।दुःखको यो बेला उनको परिवारलाई सहयोग र सहानुभूतिको मात्रै होइन हौसला दिनेको पनि खाँचो रहेको पत्रकार रेणुका पराजुलीले बताइन् । उनले भगवतीको प्रशंसा गर्दै लेखेकी छन्,‘सामाजिक क्रान्तिको उदाहरण’
टिप्पणीहरू