अहिलेको समाजमा पनि यस्तो अपराध !

अहिलेको समाजमा पनि यस्तो अपराध !

दलित भनेर कोठा नदिने घरबेटी पक्राउ परेकी छन् । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी घरबेटीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।

प्रहरीले अस्ति शुक्रबार नै जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो । आज म्याद थप गरेर अनुसन्धान थालिएको हो ।

तनहुँकी २४ वर्षीय रूपा सुनारलाई तल्लो जातको भनेर प्रधानले कोठा भाडामा दिन अस्विकार गरेकी थिइन् । रुपाका अनुसार शुरुमा कोठा दिन राजी भएकी प्रधानले दलित भन्ने थाहा पाएपछि कोठा दिन आनाकानी गरेकी हुन् ।

जातका कारणले कोठा नदिएपछि प्रधानविरुध्द रुपाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले आज प्रधानलाई घरबाटै पक्राउ गरेको हो । एकातिर सम्पत्तिमाथि ब्यक्तिको अधिकार,अर्कोतिर सामाजिक सुधारको अलगअलग कानून । पैसा लिएर कोठा दिनु नदिनु साहुनीको रोजाइ भए पनि जातको आधारमा दुर्व्यवहार हुनुलाई आधुनिक समाजका निम्ति नसुहाउँदो भूल मानिन्छ ।

प्रधानमाथि जातीय विभेदविरुध्दको कानुन आकर्षित हुने बताइएको छ ।

टिप्पणीहरू