भारतीय राजदूत आज नयाँ दिल्ली जाने,दुई साता उतै बस्ने

भारतीय राजदूत आज नयाँ दिल्ली जाने,दुई साता उतै बस्ने

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा आज नयाँ दिल्ली जान लाग्नुभएको छ । झण्डै दुई साताको भेटघाटपछि जुलाई ५ तारिखमा मात्रै उहाँ काठमाडौं फर्कने उच्च स्रोतले बताएको छ ।

कोरोना महामारी र निषेधाज्ञाको बीचमा हुन लागेको राजदूतको दुई साता लामो नयाँ दिल्ली बसाईलाई राजनीतिक रुपमा हेरिएको छ ।

प्रायः नेपालमा हुने घटनाक्रमको वरिपरि रहेर भारतीय राजदूतहरु नयाँदिल्ली जाने गरेको विगतलाई जोडेर भोलिदेखि हुन लागेको क्वात्राको यात्रालाई हेरिएको हो । आगामी ९ गतेदेखि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई निरन्तर हुन लागेको छ ।

यता भारतसँग अति निकट सम्बन्ध राख्दै आएको जसपाको महन्थ ठाकुर तथा राजेन्द्र महतो खेमाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा ९ मन्त्रालय र ११ मन्त्रीसहित सहभागिता जनाइसकेको छ ।

टिप्पणीहरू