मान्छे खाने बूढो बाघ समातियो, सौराहा प्रशासनमा तोडफोड
![मान्छे खाने बूढो बाघ समातियो, सौराहा प्रशासनमा तोडफोड](https://janaaastha.prixacdn.net/media/albums/tiger-rotated_v0gnW9eCM6.jpeg)
चितवनमा मान्छे खाएको बूढो बाघलाई नियन्त्रणमा लिइएको छ । रत्ननगर नगरपालिका–५, मगरटोलकी ३२ वर्षीया गीता अधिकारीको सोमबार टाउको खाएको बाघलाई स्थानीयको दवाब र आक्रोशपछि राष्ट्रिय निकुञ्ज प्रशासनले नियन्त्रणमा लिएको हो ।
सोमबार जनकौली मध्यवर्ती सामुदायिक वनभित्र निउरो टिप्न जाने क्रममा अधिकारीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । अधिकारीलाई मारेर टाउको खाएको अवस्थामा फेला परेको उक्त बूढो बाघलाई नियन्त्रणमा लिन निकुञ्ज प्रशासनले नमानेपछि स्थानीयले प्रशासन तोडफोड गरेका थिए ।
तोडफोडपछि निकुञ्जले बाघलाई नियन्त्रणमा लिएर कसरा हेडक्वार्टरमा रहेको पिँजडामा बन्द गरेको भीमसेन लामाले बताउनुभएको छ । मृतक अधिकारीका एक छोरा र एक छोरी छन् ।
टिप्पणीहरू