माओवादीको नयाँ साँगठानिक संरचना यस्तो छ

नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई नयाँ संरचनामा ढाल्ने भएको छ । जसअनुसार अब माओवादीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुनेछ भने पोलिटब्युरो १ सय सदस्यीय हुनेछ । त्यसैगरी स्थायी समिति ३३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
माओवादी केन्द्रले आफ्नो अन्तरिम विधान २०७३ लाई संशोधन गर्ने क्रममा परिवर्तित अवस्थामा नयाँ प्रावधान समावेश गरेर विधान २०७८ प्रस्ताव गरेको हो । प्रस्तावित प्रावधानअनुसार केन्द्रीय समितिको कार्यकाल ५ वर्ष,प्रदेश समितिको कार्यकाल ३ वर्ष र स्थानीय तहको कार्यकाल २ वर्षको हुनेछ ।
दैनिक कार्य सञ्चालनको निम्ति अब माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष र महासचिवसहितको केन्द्रीय कार्यालय रहने व्यवस्था गरेको छ ।
त्यसैगरी केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्य सम्पादन गर्न महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवसमेतको केन्द्रीय सचिवालय बनाइएको छ ।
राष्ट्रिय महाधिवेशन,केन्द्रीय समिति,केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखापरीक्षण आयोग,केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्,केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गरी ८ वटा निकाय रहने व्यवस्था गरिएको छ ।
५२ पृष्ठको प्रस्तावित नयाँ विधान २०७८ मा सुझावको लागि सबै केन्द्रीय सदस्यहरुलाई बाँडिएको बुझिएको छ ।
टिप्पणीहरू