भोको बस्तीमा पुगेर पानीको बयान
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान बाढी र पहिरो पीडितको अवस्था बुझ्न हेलिकप्टर चढेर सिन्धुपाल्चोकको हेलम्बु जानुभयो । प्रधानमन्त्री आउने भनेपछि जनता राहत पाइने वा आफ्नो क्षतिबारे केही बताउन सकिने आशमा बस्ने नै भए ।
तर, प्रधानमन्त्री पीडितलाई नभेटी हात हल्लाएर फर्केकोमा मेलम्चीवासीको गुनासो अझै घटेको छैन । औपचारिक कार्यक्रमस्थलमा पुगेर उहाँले चुनावी सभामा झैँ भाषण दिनुभयो ।
डाक्टरको अगाडि पुगेको बिरामीले उपचारको आश गरेको बेला उपचारको प्रबन्ध नगरी उल्टै रोग भनेको त्यस्तै हो, काठमाडौंमा ठूलो हस्पिटल बन्दैछ, त्यसपछि उपचार गर्न आउनु भनेर ढाडस दिएमा कति पीडा होला ?
पीडितहरूको सबैभन्दा ठूलो गुनासो के हो भने, राहत र पुनःस्थापनाको ठोस कुरै नगरी काठमाडौं उपत्यकामा वैशाखसम्म मेलम्चीको पानी पुग्ने कुरालाई किन ठूलो महत्व दिइयो ? काठमाडौंवासीलाई खानेपानीको समस्या अहिलेको होइन । यो तीन दशकदेखिको पिरलो हो ।
अहिलेको मध्य बर्खामा घर खेत र आफन्त बगाएका स्थानीयलाई बिहान, बेलुकी खाने दुई गाँस जाउलोको चिन्ता छ । उनीहरूलाई जस्ताभन्दा ठूलो राहत चाहिएको छ, दुःखसमेत उनीहरूले नै बेसाउन परेको छ ।
डाक्टरको अगाडि पुगेको बिरामीले उपचारको आश गरेको बेला उपचारको प्रबन्ध नगरी उल्टै रोग भनेको त्यस्तै हो, काठमाडौंमा ठूलो हस्पिटल बन्दैछ, त्यसपछि उपचार गर्न आउनु भनेर ढाडस दिएमा कति पीडा होला ? प्रधानमन्त्रीले सिन्धुपाल्चोकका बाढी पीडितलाई वास्तविक रुपमा संबोधन नगरी काठमाडौंमा खानेपानी लैजाने कुरोलाई प्राथमिकता दिनुलाई स्थानीयले चुनावी स्टन्टको रूपमा लिएका छन् ।
टिप्पणीहरू