बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौंमा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौंमा पक्राउ

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । तिनमा काठमाडौंको टोखा नगरपालिका–२ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका–२२ घर भई वडा नम्बर १३ मा बस्ने ६३ वर्षीय देवनारायण महर्जन रहेका छन् ।

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मिलनलाई टोखाबाट र बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका देवनारायणलाई कलंकीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

उनीहरूले खातामा पर्याप्त रकम नहुँदा पनि पीडितहरूलाई झुक्याएर विभिन्न बैंकका चेकहरु दिई बैंकिङ कसूरजन्य अपराध गरेको उच्च अदालतले ठहर गरेको थियो ।

पक्राउ परेका दुबै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

टिप्पणीहरू