नोकरद्धारा मालिकको विभत्स हत्या हत्यारा पक्राउ

नोकरद्धारा मालिकको विभत्स हत्या हत्यारा पक्राउ

घरेलु कामदारले आफ्नै मालिकसँग भएको सामान्य विवादमा खुकुरी प्रहार गरी मालिकको विभत्स हत्या गरेका छन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज विहान सवा पाँच बजेतिर उदयपुर त्रियुगा न.पा.८ उत्तराईटोल बस्ने बर्ष ६५ को महिकर चौधरीको हत्या भएको छ ।

उनलाई निजकै घरमा काम गर्ने जिल्ला उदयपुर त्रियुगा न.पा.१३ पोर्ताहा बस्ने अ.बर्ष ४५ को मेमोरी भन्ने किसन सदाले खुकुरीले प्रहार गरी हत्या गरेका हुन ।

चौधरीको घट्नास्थलमै मृत्यु भएको हो । उनको शरिर चार टुक्रामा क्षतविक्षत भएको छ । हत्यारा सदालाइ भने प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

टिप्पणीहरू