रोजगारीका लागि दुबई पुगेका खेलाडी उतै मार्शल आर्टमा सम्मानित
नेपालका मार्शल आर्ट खेलाडी करणबहादुर चन्दलाई दुबईमा सम्मान गरिएको छ । दुबईको एक प्रतिष्ठित टाइगर मार्शल आर्ट क्लबले उनलाई सम्मान गरेको हो ।
भीमदत्त नगरपालिका २, कञ्चनपुर, उल्टाखम निवासी २८ वर्षीय चन्द आफ्नो आर्थिक अवस्था सुधार्न रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका थिए । तर, अहिले उनले त्यहाँ आफ्नो खेलकुदलाई निरन्तर निरन्तरता दिइरहेका छन् ।उनले दुबईका विभिन्न स्थानीय प्रतियोगितामा भाग लिएर पदक समेत जितेका छन् । यसअघि चन्दलाई दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडरेशन र अन्य प्रतिष्ठित संगठनहरूले सम्मान गरिसकेका छन् ।उनले परिश्रम र समर्पणपछि सफलताले पछ्याउने र आफूले त्यहाँ पनि खेलकुद जारी राख्न सक्षम भएकोमा धेरै खुशी व्यक्त गरेका छन् ।
टिप्पणीहरू