हराएका २१ मोटरसाइकल भेटिए

हराएका २१ मोटरसाइकल भेटिए

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ वटा मोटरसाइकल र स्कूटर सवारी धनीलाई जिम्मा लगाएको हो ।

हराएका मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईले हराउनु भन्दा पहिले नै सवारी चालकहरु सतर्क रहनुपर्ने बताउनुभयो ।

हराएपछि प्रहरीले खोज्ने र बुझाउने प्रक्रिया धेरै भइसकेको भन्दै उहाँले अब सवारीसाधन चालकहरुले आफ्नो सवारीसाधन कस्तो ठाउँमा छ र कसरी हराउन नदिने भनेर सोच्नुपर्नेमा जोड दिनुभयो ।

भन्नुभयो, ‘ मोटरसाइकल हराउन नदिन के गर्ने भन्नेबारेमा हामी अलिकति सोच्ने,चिन्तन गर्ने कुरा छ,हराउने फेरि ल्याएर बुझाउने र चोर्नेलाई कारबाहीको दायरामा ल्याउने मात्रै होइन,हराउनै नदिन के गर्ने भनेर सोच्नुपर्छ ।’

उहाँले सवारीसाधन हराउन नदिनका लागि चालक र ट्राफिक प्रहरीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

टिप्पणीहरू