पर्यटक तान्न राज्यबाट पैसा मागिँदै
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्धन र विकास गर्न राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले विदेशमा पर्यटन प्रवर्धन गर्न ठूलो धनराशी चाहिने तर त्यसका लागि पर्यटन बोर्डसँग पर्याप्त रकम नभएकाले सरकारले अनुदान दिनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘राज्यले हामीलाई अनुदान दिनुपर्छ भनेका छौँ, अन्तर्राष्ट्रिय क्षेत्रमा करोडौं,अर्बौं रकम नभई लगानी गर्न सकिँदैन र प्रवर्धन गर्न पनि सकिँदैन । त्यो गर्न राज्यले पैसा दिनैपर्छ,त्यो काम अहिलेको स्थितिमा पर्यटन बोर्डले गर्न सक्दैन ।’
उहाँले नेपालमा अब कोरोनालगायतका प्राकृतिक विपत्ति कम हुँदै गएमा पर्यटन क्षेत्रले गति लिने विश्वास व्यक्त गर्नुभएको छ । तर आन्तरिक कार्य नियमित सञ्चालन गर्न पर्यटन बोर्डसँग पर्याप्त बजेट रहेको उहाँले जानकारी दिनुभएको छ ।
टिप्पणीहरू