प्रधानन्यायाधीशसङ्गको सल्लाहवारे बृफिङ्ग शुरु
सर्वाेच्च अदालतका आन्दोलनरत न्यायाधीशहरु अहिले छलफलमा जुटेका छन् । हिजो साँझ प्रधानन्यायाधीश राणा र वार्ता टोलीका सदस्य न्यायाधीशत्रयवीच झण्डै दुई घण्टा छलफल चलेको थियो ।
सम्मानजनक बहिगर्मन खोजेका राणासँग हिजो भएको भेटवार्ताको बिषयमा प्रष्टाउन र अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा केन्द्रित रही न्यायधीशहरुबीच छलफल शुरु भएको हो । अहिले मध्यान्हबाट सर्वाेच्चका न्यायाधीशहरु छलफलमा जुटेका हुन् ।
यता अस्ति आइतबार साँझ भएको सल्लाह र छलफलबमोजिम प्रधानन्यायाधीशले आज पनि आफूबाहेकको पेशी तोक्नुभएको छ । राणाले आज ६ वटा इजलास तोक्नुभएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र छन् ।
न्यायधीशहरुद्धारा बेञ्च बहिष्कार गर्ने निर्णय । कारण सम्झौता विपरित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले आज बैंकिङ कसुरको मुद्धाको पेशी तोक्नु ।
आजका लागि राणाले दीपककुमार कार्की र प्रकाशमान सिंह राउत,मीरा खड्का र हरिकृष्ण कार्की,बमकुमार श्रेष्ठ र कुमार चुडाल,प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा,तेजबहाजुर केसी र कुमार रेग्मीको इजलास तोक्नुभएको छ ।
हिजो सोमबार पनि राणाले आफू बाहेकको इजलास गठन गर्नुभएको थियो । प्रधानन्यायाधीश राणाले वार्ता टोलीका सदस्य न्यायाधीशहरुसङ्ग आफूलाई कम्तिमा चैत्र महिनासम्म काम गर्न दिन आग्रह गर्नुभएको बताइएको छ ।
सो अवधिमा आफूले न्यायालय सुधारका काम गर्न र आफू सम्मानजनक ढंगले बाहिरिन चाहेको कुरा राख्नुभएको थियो । हिजोको भेटवार्तामा प्रधानन्यायाधीश र न्यायाधीशत्रयबीच के बिषयमा केन्द्रित भएर छलफल भएको त्यो खुलाइएको छैन ।
टिप्पणीहरू