आज महाकविको १ सय १३ औँ जन्मजयन्ती
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
१० वर्षको उमेरदेखि कविता लेख्न शुरु गर्नुभएका देवकोटाका महाकाव्य,खण्डकाव्य,निबन्ध,कथा, नाटक,उपन्यास,गीत,समालोचना र कैयौं फुटकर कविताहरु प्रकाशित भएका छन् ।
नेपाली साहित्यमा एक सयभन्दा धेरै कृतिको योगदान गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिककृष्ण औँशी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
टिप्पणीहरू