एमसीसी पास गर्न अमेरिकालाई पत्र पठाएको छैन : प्रचण्ड

एमसीसी पास गर्न अमेरिकालाई पत्र पठाएको छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्नका लागि अमेरिकालाई पत्र नपठाइएको बताउनुभएको छ ।

आफ्नै निवास खुमलटारमा देउसी-भैलो खेल्न पुगोको इन्द्रेणी टोलीसँगको कुराकानीमा प्रचण्डले एमसीसी पास गर्नका लागि आफूले अमेरिकालाई पत्र नलेखेको प्रष्ट पार्नुभएको हो ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नका लागि आफू र प्रचण्डले अमेरिकालाई पत्र पठाएको बताउनुभएको थियो । प्रधानमन्त्रीको यस्तो भनाइ आएपछि स्वयं प्रचण्ड र माओवादीमाथि प्रश्न उठिरहेका बेला प्रचण्डको यस्तो धाराणा आएको हो ।

‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर बोलिदिनुभएछ । तर, त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले एमसीसी संसोधन नगरी पारित नहुने पनि प्रष्ट पार्नुभयो । राष्ट्रिय सहमति बनाएर मात्र एमसीसी पारित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रचण्डले एमसीसी सम्झौता हुँदा सबै ठिकै भएपनि पछि थपिएका प्रावधानले आशंका उब्जिएको बताउनुभयो ।

टिप्पणीहरू