नेपाल बिजुली बेच्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो त ?

नेपाल बिजुली बेच्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो त ?

ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री पम्फा भुसालले भारत, बंगलादेशलगायतका छिमेकी देशलाई विद्युत बिक्री गर्ने बाटो खुलेको बताउनुभएको छ । उहाँले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढेको समेत जानकारी दिनुभएको छ ।

नेपालले भारतसँग विद्युत व्यापारको शुरुवात गरिसकेको बताउँदै भुसालले भन्नुभयो, ‘नेपाल दक्षिण एसियाकै पहिलो विद्युत व्यापार गर्ने राष्ट्र बन्यो ।’ जलविद्युत उत्पादन क्रमशः बढ्दै गएकाले आन्तरिक खपत बढाउन आग्रह गर्दै मन्त्रीले विद्युत व्यापारले मुलुकको व्यापार घाटाको अवस्थामा सुधार आउने विश्वास लिनुभएको छ ।

उहाँले आन्तरिक खपतको लागि विद्युत महशुल घटाइएको दाबी पनि गर्नुभएको छ ।

टिप्पणीहरू