ललितपुरको ज्वागलमा युवती झुण्डिइन्
ललितपुरको ज्वागलमा एक युवतीले आत्महत्या गरेकी छन् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा साहले आज घरको झ्यालको रेलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
मृतकलाई झुण्डिएको अवस्थामा परिवारका सदस्यले फेला पारेपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए पनि चिकित्सकहरुले साहलाई मृत घोषणा गरेको बताइएको छ ।
ललितपुर प्रहरीका डीएसपी दिपक भारतीकाअनुसार मृतक साहले कोठा भाडामा लिएर पसल चलाउँदै आएकी थिइन् । साहको माइती पक्षले भने उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ ।
माइतीपक्षले दाइजो सम्बन्धी विवादलाई लिएर साहलाई उनको परिवारले यातना दिँदै आएको बताइएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आत्महत्याको कारण नखुलिसकेको जानकारी दिएको छ । अहिले शवलाई पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
टिप्पणीहरू