बार प्रधानन्यायाधीशविरुद्ध,महिला बारविरुद्ध

बार प्रधानन्यायाधीशविरुद्ध,महिला बारविरुद्ध

नेपाल बार एसोसियएनलले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध कार्यक्रम गर्ने भएको छ । उसले राणाको राजीनामा माग्दै न्यायाधीशहरुलाई सर्वोच्च अदालतको इजलासमा नबस्न आग्रह गर्दै आएको छ । तिहार अघिदेखि जारी सर्वोच्च परिसरमा पाखुरामा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रमलाई आज पनि निरन्तरता दिइएको छ ।

उक्त कार्य बिहान साढे १० बजेदेखि एक घण्टासम्म हुने छ । यसैबीच नेपाल बार एसोसिएनले गर्दै आएको प्रधानन्यायाधीशविरुद्धको कार्यक्रमको बिरोधमा महिलाहरु उत्रने भएका छन् । आज राजावादी महिलाहरूले बारको बिरोध गर्दै माइतीघर मण्डलामा ११ बजे धर्ना र नाराबाजी गर्ने योजना छ ।

उता नेपाली काँग्रेसको मुख्यालयमा भइरहेको बिरोध कार्यक्रम आज पनि जारी छ । रौतहटको क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको रिले अनसन तथा धर्ना कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म राखिएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले कात्तिक १८ गतेदेखि अध्यक्ष डा. सीके राउतको जीवनीमा आधारित भिडियो प्रदर्शन गर्दै आएको छ । उक्त कार्यक्रम आगामी शुक्रबारसम्म हुने छ ।

त्यसैगरी छठ पर्वलाई लक्षित गदै जनमत पार्टीले छठ घाटमा पर्वघि र पछि सरसफाई कार्यक्रम गर्ने बताएको छ ।

टिप्पणीहरू