काठमाडौंमा आन्तरिक उडानका यात्रुलाई बस सेवा सित्तैँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुलाई निःशुल्क बस सेवाको घोषणा गरिएको छ । यात्रुको सुविधालाई ध्यानमा राख्दै नेपाल उड्डयन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
ट्याक्सीले अत्यधिक महँगो भाडा लिएको गुनासो बढेपछि प्राधिकरणले हाललाई दुई वटा माइक्रोबस सञ्चालनमा ल्याएको छ । आन्तरिक उडानमा यात्रुले सास्ती खेप्दै सुटकेस बोकेर लामो दूरी पार गरेर बस स्टपसम्म पुर्याउनुपर्ने भएकाले बस सेवा सुचारु गरिएको बताइएको छ ।
विमानस्थलको चक्रपथस्थित स्वर्णप्रवेशद्धारबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो ।
अब यात्रुले विमानस्थलबाट सिनामंगलस्थित स्वर्णद्वार बाहिर ओर्लिएर सिधै सार्वजनिक यातायातको प्रयोग गर्न पाउने भएका छन् ।
टिप्पणीहरू