सर्वोच्चको आदेशपछि हात्ती दर्ता फटाफट
सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि चितवनमा निजी हात्ती दर्ता प्रक्रिया सुरु भएको छ । कोभिडका कारण रोकिएको हात्ती दर्ता प्रक्रिया सर्वोच्च अदालतको आदेशसँगै शुरु भएको हो ।
हात्ती बिक्री रोक्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले गत भदौ ३० मा हात्तीको अन्तरदेशीय तस्करी, बिक्री, हस्तान्तरण तत्काल रोक्न आदेश गरेको थियो । त्यसका लागि दर्ता अभिलेखीकरण नभएका हात्ती आदेशको मितिले एक महिनाभित्र दर्ता गर्न र दर्ता नभए जफत गर्न पनि सर्वोच्चले भनेको थियो ।
व्यवसायीले गत असोज १४ गते सर्वोच्चको पत्र बुझेसँगै दर्ता प्रक्रिया सुरु गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज आसपास पर्यटकीय गतिविधिका लागि पालिएका ६६ हात्ती दर्ता प्रक्रियामा आएका छन् ।
पछिल्लो समय कोभिडका कारण पर्यटकीय गतिविधि घटेपछि यहाँका निजी हात्ती पलायन हुँदै गएका छन् । दर्ता प्रक्रिया सुरु भएसँगै हात्तीको अवैधरूपमा हुने व्यापार रोकिने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू