रोजगारी गुमेका पाँच लाख परिवारलाई राहतको व्यवस्था

रोजगारी गुमेका पाँच लाख परिवारलाई राहतको व्यवस्था

सरकारले अति विपन्न गरिब पाँच लाख परिवारलाई राहत स्वरुप एक पटकका लागि १० हजार रुपयाँ दिने भएको छ । उक्त राहत लिनको लागि १५ दिनभित्र आफू स्थायी वा अस्थायी रुपमा बस्दै आएको स्थानीयको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन अर्थमन्त्रालयले सूचना जारी गरेको छ ।

पूर्णरुपमा रोजगारी गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठीत क्षेत्रका मजदुर वा कामदारले राहत पाउने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाड्लो डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला–मजदूरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटकलाई पनि सो राहत रकम उपलब्ध गराइने छ ।कोभिड–१९ सङ्क्रमणको कारणबाट एक घरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत राहत पाउनेछन् ।

एकाघरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै सङ्घसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेका परिवारले भने त्यस्तो राहत नपाउने मन्त्रालय भनाई छ ।

टिप्पणीहरू